logo-img

पुछारबाट माथि उठ्न हैदराबादलाई हराउने दाउमा मुम्बई, यस्तो छ हेड टु हेड

भारतमा जारी १७औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स खेल्दै छन् । यी दुई टिमबीचको खेल राति ७ः४५ देखि मुम्बईको वानखडे स्टेडियममा सुरु हुनेछ ।  

प्लेअफ सम्भावना कायमै राख्न हैदराबादका लागि आजको खेल महत्वपूर्ण छ । ऊ १२ अंकका साथ अहिले तालिकाको चौथो स्थानमा छ । हैदराबाद मुम्बईलाई हराएर प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ । 

प्लेअफ यात्राबाट बाहिरिसकेको मुम्बई आज जित निकालेर हैदराबादलाई झड्का दिन चाहन्छ । ६ अंक मात्र जोडेको मुम्बई अहिले तालिकाको पुछारमा छ । उसले ११ खेल खेल्दा आठमा हार तथा चार खेलमा मात्र जित निकालेको छ । 

आइपिएलमा हालसम्म मुम्बई र हैदराबादले हालसम्म २२ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा मुम्बईले १२ तथा हैदराबादले १० खेलमा जित निकालेको विगत छ । 

यी दुई टिमबीचको पछिल्लो पाँच खेलमा मुम्बई तीन र हैदराबाद दुई खेलमा विजयी भएको छ । 





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार ८:१८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया