logo-img

कानुनीरूपमा दर्ता भयो इनड्राइभ

राइड हेलिङ प्लाटफर्म इनड्राइभ उद्योगका रूपमा दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभले कानुनबमोजिम आफूलाई औपचारिक व्यवसायका रूपमा अघि सारेको हो । 

कुल लगानीका रूपमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै इनड्राइभ प्रतिस्पर्धात्मक राइड सेयरिङ व्यवसायमा सामेल भएको छ । प्यानमा दर्तालगायतका करसम्बन्धी प्रक्रिया पनि पूरा भइसकेकाले अब राइडरहरूबाट कमिसन उठाउन सुरु गरिएको इनड्राइभका एक प्रतिनिधिले बताए । कति प्रतिशत कमिसन लिने भन्नेचाहिँ औपचारिक जानकारीमा आइसकेको छैन ।

इनड्राइभ लामो समयदेखि बिनादर्ता र अनौपचारिक रूपमा सेवा सञ्चालन गरिरहेको थियो ।  





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार ९:५७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया