logo-img

कर्णालीको मुख्यन्यायाधिवक्तामा कृष्ण हमाल

कर्णाली प्रदेशको मुख्यन्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । हमाललाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्य न्यायाधिवक्तामा हमालले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारको रोहबरमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ ग्रहण गराएका हुन् ।

दैलेखको दुल्लु नगरपालिका–३, मालिकामा जन्मिएका हमाल अहिले वीरेन्द्रनगर–५ मा बस्दै आएका छन् । २०४३ देखि वकालतमा लागेका हमाल २०७३ मा वरिष्ठ अधिवक्ता बनेका हुन् । 





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १३:२८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया