logo-img

एकीकृत समाजवादी संसदीय दलको बैठक जारी, के हुँदै छ छलफल ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी छ ।  

पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक जारी रहेको जानकारी दिए ।  यही वैशाख २८ गतेदेखि सुरूहुने सङ्घीय संसदको अधिवेशन, पार्टीको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बसेको खतिवडाले जानकारी दिए । 

बैठकबारे जानकारी दिँदै उनले भने, ‘अहिले हाम्रो पार्टी संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा यही वैशाख २८ गतेदेखि सुरूहुने बजेट अधिवेशन, नीति तथा कार्यक्रमसँग जोडिएका विषय, प्रारम्भिक तयारी तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।’ 





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १३:३८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया