logo-img

एकीकृत समाजवादीले सार्‍यो स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पूर्वनिर्धारित स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सारेको छ। नेकपा एसले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेकोमा आन्तरिक तयारी नपुगेको भन्दै आज पूर्वनिर्धारित सबै स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सारेको हो । 

अब एसको स्थायी कमिटी वैशाख २९ गते, पोलिटब्युरो ३० गते तथा ३१ वैशाख र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने सचिवालयले जनाएको छ ।  यसअघि बैठक क्रमशः वैशाख २६, २७ र २८, २९ गते तोकिएको थियो। 

महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जन वर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न  बैठक आह्वान गरिएको थियो । 

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गर्ने, स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेन्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गर्ने,महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी सम्बन्धमा छलफल लगायतका विविध एजेन्डा छन् । 

नेकपा एसले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा पहिलो राष्ट्रिय महाधिवेशन गर्न लागेको छ ।  





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १४:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया