logo-img

अमेरिका पुग्यो नेपाली क्रिकेट टोली

नेपाली क्रिकेट टोली अमेरिका पुगेको छ । आइसिसी टी २० विश्वकप क्रिकेटका लागि काठमाडौंबाट प्रस्थान गरेको टोली अमेरिकाको फ्लोरिडाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।

पहिलो चरणमा गएको टोली मियामी पुगिसकेको छ भने दोस्रो चरणको टोली पुग्ने क्रममा रहेको छ । काठमाडौंबाट जानलाई एकै चरणमा टिकट नपाइएपछि टोली दुई चरणमा गरेर अमेरिका प्रस्थान गरेको थियो । टी २० विश्वकपको अभ्यासका लागि नेपाली टोली त्यहाँबाट वेस्टइन्डिज पुग्ने छ ।

मियामी अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रिएको नेपाली टोलीलाई नेप्लिज एशोसिएशन अफ फ्लोरिडाका पदाधिकारीले स्वागत गरे । उपाध्यक्ष विनोद बस्नेतसहित पारस पन्त, सुदन सुवाल, सुमन सुवेदीका साथै नेपाली विद्यार्थीहरूले स्वागत गरेका हुन् ।

नेपाली टोलीले फ्लोरिडामै केही दिन अभ्यासपछि आइतबार वेस्टइन्डिज जाने छ । त्यसैगरी मिट एन्ड ग्रीट कार्यक्रममा पनि नेपाली टोली केही दिन व्यस्त बन्ने छ । वेस्टइन्डिजमा अभ्यास गरेपछि नेपाली टिम विश्वकपका लागि अमेरिका आउने छ । त्यसपछि पनि फेरि विश्वकपको म्याचका लागि नेपाली टिमले वेस्टइन्डिजकै भ्रमण गर्नुपर्ने छ ।

आइतबार काठमाडौंबाट प्रस्थान गरेको टोली भने आज राति मात्रै मियामी पुग्ने छ । नेपाली टिमका सबै खेलाडीहरू पुगेपछि फ्लोरिडामा नेपालीहरुसँग मिट एन्ड ग्रिट कार्यक्रमको आयोजना मंगलबार राखिएको छ । 





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १७:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया