logo-img

ललितपुरको ग्वार्कोमा आगलागीबाट घाइते दुई बालिकाको उपचारका क्रममा मृत्यु

ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा गत आइतबार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । 

घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको सोमबार बेलुका उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

अन्य दुईजनाको गम्भीर अवस्थामा उपचार भइरहेको र अर्का एक जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रवक्ता सुवेदीका अनुसार ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रूपा गिरीको आइसियुमा उपचार भइरहेको छ ।   





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार ६:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया