logo-img

खोटाङका अग्निपीडितलाई चन्दा सङ्कलन गरेर आर्थिक सहयोग

दाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरूप १ लाख ७६ हजार रुपैयाँ प्रदान गरिएको छ ।

यही १४ वैशाखमा जङ्गलमा लागेको डढेलो गाउँमा फैलँदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका १ सय ५२ शिक्षकसहित १ सय ६७ जनाबाट चन्दा सङ्कलन गरेर उक्त रकम प्रदान गरिएको हो ।  

पीडितलाई क्षतिको मूल्याङ्कन गरेर १२ देखि ४५ हजार रुपैयाँसम्म प्रदान गरिएको सहयोग सङ्कलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिए । 

आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएकालाई ४५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । सङ्कलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो । 

आगलागीबाट १ करोड ३३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहरीले बताएको छ । रासस 





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार ११:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया