logo-img

सेयर बजारमा झिनो सुधार, २.०६ अंकले बढ्यो नेप्से

साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार छ । नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ विन्दुमा रह्यो । 

५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको छ । अन्तिम समयमा लघुवित्त उपसमूह २.४३ प्रतिशतले बढ्दा बजार परिसूचक सकारात्मक देखिएको हो । विकास बैंक, म्युचुअल फण्ड र अन्य समूहमा पनि सामान्य बढोत्तरी छ । 

१२० कम्पनीको सेयरमूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ । ११ कम्पनीका सेयरमूल्य स्थिर रह्यो ।

वित्तीय सूचक सकारात्मक नभएको भन्दै सञ्चारमाध्यमहरुमा समाचार आयरहे पनि सर्वाधिक कारोबार हुने कम्पनीमा पोखरा फाइनान्स पहिलो नम्बरमा रह्या । उक्त कम्पनीको ८ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख, हिमालयन लघुवित्तको ५ करोड १७ लाख, हिमालयन रिइन्स्योरेन्सको ४ करोड ३० लाख रुपैयाको सेयर किनबेच भएको छ । 

सेयरमूल्य बढ्ने कम्पनीका हिमालयन लघुवित्त पहिलो नम्बरमा छ । इन्फिनिटी लघुवित्त, समता घरेलु लघुवित्त, सबैको लघुवित्त लगायत सेयरमूल्य बढेका कम्पनीको सूचीमा अगाडि छन् । 

सेयरमूल्य घट्नेमा बोटलर्स तराई, सिवाइसी नेपाल लघुवित्त, माउन्टेन हाइड्रो, दोल्ती पावर, नेपाल फाइनान्स लगायत छन् ।  





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार १५:५०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया