logo-img

संसदीय प्रक्रिया र भूमिकाबारे सांसदहरुलाई प्रशिक्षण दिँदै कांग्रेस

नेपाली कांग्रेसले आफ्नो दलका सांसदहरुलाई संसदीय प्रक्रिया र भूमिकाबारे वृहत प्रशिक्षण दिने भएको छ । संसदको बजेट अधिवेशन सुरु हुनुभन्दा एक दिनअघि २७ गते बिहीबार सांसदहरुलाई प्रशिक्षण दिन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेसले ऐन संशोधनका लागि आउने विधेयक र अरु महत्वपूर्ण विषयमा आफ्नो दलको भूमिका अपेक्षाकृत कमजोर भएको भनेर आएका प्रतिक्रियालाई ध्यानमा राखेर यस्तो प्रशिक्षणको आयोजना गरेको लेखकको भनाइ छ ।

पार्टीको उच्च पदमा रहेका सांसदको संसदका बैठकहरुमा पातलो उपस्थिति देखिएको, महत्वपूर्ण अवसरमा प्रभावकारी प्रस्तुतिको अभाव रहेको र विषयवस्तुको पर्याप्त जानकारीको कमी देखिएकोजस्ता पक्षहरुको समीक्षा गरेर सांसदहरुको अनुभव सुन्ने सुनाउने संसदीय दलको उदेश्य रहेको बताइएको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सदस्य छन् । 
 





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार १७:५८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया