मोदीको कार्यकाल विनाशकारी र दर्दनाक’

काठमाडौं– भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पाँचवर्षे कार्यकालको टिप्पणी गरेका छन् । सिंहले मोदीको कार्यकाल विनाशकारी र दर्दनाक रहेको भन्दै अब उनले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । 

आइतबार प्रेस ट्रस्ट अफ इन्डियासँग कुराकानी गर्दै सिंहले मोदीको पाँचवर्षे कार्यकाल युवा, किसान, व्यवसायी र हरेक प्रजातान्त्रिक संस्थाका लागि विनाशकारी र दर्दनाक भएको बताए । 

सिंहले मोदीको पाँच वर्षे कार्यकालमा भ्रष्टाचार दुर्गन्धित तरिकाले मौलाएको भन्दै डिमनिटाइजेसन सबैभन्दा ठूलो भ्रष्टाचार प्रकरण रहेको आरोप लगाए । सिंहले मोदी राष्ट्रिय सुरक्षाका मामिलामा पनि रणनीतिक रुपमा असफल भएको दाबी गरे । 





  • प्रकाशित मिति : बैशाख २३, २०७६ साेमबार १५:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया