अमेरिकी विशेष दूत भन्छन्, ‘वार्ताका लागि तालिबान तयार छन्’
एजेन्सी
फरकधार / २२ असार, २०७७

अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरु शान्ति वार्ताको लागि तयार रहेको अफगानिस्तानका लागि अमेरिकी विशेष दूतले बताएका छन् ।



अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले आइतबार यसको जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ । उनले अफगानिस्तानका तालिबानीहरु त्यहाँ शान्ति ल्याउने कामका लागि आवश्यक परेको समन्वय गर्ने काममा तयार देखिएको बताएका हुन् । ।

अफगानिस्तानमा शान्ति स्थापना हुन सके आर्थिक विकास हुने भन्दै विशेष दूत खलिलजादले अफगानिस्तानमा शान्ति ल्याउने कामका लागि यहाँका जनता र तालिबानीहरु तयार रहेका आफूले पाएको बताएका हुन् ।



अमेरिकाले अफगानिस्तानका तालिबानसँग शान्तिवार्ता गर्ने पहल गरेको छ । केही महिनाअघि अमेरिकाले तालिबान र अफगानिस्तनको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो ।



कतारको दोहामा सो वार्ता भएको थियो । त्यस वार्ताका क्रममा तालिबानले पनि आफूहरु शान्ति वार्ता गर्न तयार भएको बताएका थिए ।

आगामी दिनमा पनि तालिबानसँग शान्ति वार्ता गर्ने भएपछि उनीहरुले राखेका शर्त बमोजिम नै अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक घटाउने काम गरिरहेको बताइएको छ ।
 

  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १४:२०:७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया