इन्डोनेसियामा एक दिनमा ३ हजार ७७८ कोरोना सङ्क्रमित थपिए, ९४ को मृत्यु

इन्डोनेसियामा एकै दिनमा ३ हजार ७७८ जना थप व्यक्ति कोरोना सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या ४ लाख २९ हजार ५७४ पुगेको छ । 

साथै एकै दिनमा ९४ व्यक्तिको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या १४ हजार ४४२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । 

कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना भएका ३ हजार ५६३ जना एकै दिनमा घर फर्किएपछि कुल ३ लाख ६० हजार ७५० जना कोरोना मुक्त भएका छन् ।

इन्डोनेसियाको ३४ ओटा प्रान्तमा कोरोना सङ्क्रमण फैलिएको छ । विशेष गरी गत २४ घण्टामा जाकार्तामा ६७२ मध्य जाभामा ६१३, पश्चिम जाभामा ५८७ पूर्वी जाभामा २८९ र पश्चिम सुमात्रामा २३५ जना कोरोना सङ्क्रमित भेट्टिएका छन् ।  तर पपुआ प्रान्तमा भने कोरोनाका कुनै नयाँ सक्रमित फेला परेका छैनन् ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७७ शुक्रबार २०:१७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया