logo-img

एक्कासी चल्न छाड्यो युट्युब, रिलोड गर्दा बाँदरको चित्र

चर्चित भिडियो सेयरिङ साइट युट्युब एक्कासी डाउन भएको छ । अहिले इन्टरनेटमा युट्युब साइट खोल्न खोज्दा लोड हुँदैन । Something went wrong...(केही खराबी छ)  भनेर सन्देश देखाउँछ । साथै हातमा हतौडा लिएको एक बाँदरको चिन्ह अगाडि देखाइरहेको छ । 

गुगल कम्पनीले सञ्चालन गरेका युट्युब मात्रै नभएर यसको इमेल सेवा साइट जिमेल पनि डाउन भएको छ ।  गुगलको सर्चिङ पेजले भने काम गरिरहेको छ । 

नेपालमा मात्रै नभएर सबै तिर डाउन भएको देखिन्छ । अन्य देशका व्यक्तिहरुले पनि सामाजिक सञ्जाल ट्विटर, फेसबुकतिर युट्युब किन डाउन भएको भनेर चर्चा गरिरहेका छन्। 





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार १८:११:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया