चीनको चान्ग इ–५ यान चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको छ ।
यो यान स्थानीय समयअनुसार बिहीबार मंगोलियाको भित्री क्षेत्रमा उत्रिएको हो । यो एक अन्तरिक्षयान हो जसलाई दक्षिणी चीनबाट २४ नोभेम्बरमा छोडिएको थियो ।
चालिस वर्षपछि चन्द्रमाबाट यसरी नमूना पृथ्वी ल्याउने यो प्रयास गरिएको हो । यो यानले दुई किलो माटो र ढुंगा चन्द्रमाबाट ल्याएको हो ।
यसअघि रुसको लुना २४ मिसन पनि सन् १९७६ मा चन्द्रमाको सतहमा उत्रिएको थियो । त्यति बेला यो यानले २ सय ग्राम नमूना चन्द्रमाबाट ल्याएको थियो ।
यसअघि अमेरिकाको अपोलो अन्तरिक्षयानले पनि चन्द्रमाबाट ढुंगा र माटो पृथ्वीमा ल्याएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।