logo-img

नेपाली युवा सन्तोष साहले जित्न सकेनन् बिबिसी मास्टर सेफको उपाधि

नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ यूकेको उपाधि जित्न सकेनन् ।  उनी उत्कृष्ट तीनमै सीमित भएका छन् । यो उपाधि बेलायतका २५ वर्षीय एलेक्स वेबले जितेका छन् । बिहीबार राति बीबीसी वान टेलिभिजनमा भएको फाइनल प्रतियोगिताको प्रसारणमा सन्तोष र ३३ वर्षीय बार्ट भान डेर लीलाई पछि पारेर एलेक्सले उपाधि जितेका हुन् ।

३५ वर्षीय नेपाली सेफ साह सिराहाको कर्जन्हाका बासिन्दा हुन् ।


उनले हरेक चरणमा स्वादिला नेपाली परिकार बनाएर निर्णायकको मन जितेका थिए । फाइनलमा आफूले सोचे जस्तो गर्न नसकेको उनले स्वीकारेका छन् । 

नेपाली खानालाई बिबिसी जस्तो चर्चित टेलिभिजन कार्यक्रममार्फत प्रस्तुत गरी फाइनलसम्मको यात्रा तय गर्न पाएको निकै खुसी भएको उनले बताएका छन् ।  नेपाली खानालाई विश्वभर चिनाउन पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले आफूलाई साथ समर्थन गर्ने संसारभर रहेका नेपालीलाई धन्यवाद दिएका छन् ।





  • प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार ७:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया