कोरोना संक्रमित ७३ वर्षीया महिलाको मृत्यु

सुर्खेतमा कोरोना संक्रमित ७३ वर्षीया एक महिलाको मृत्यु भएको छ । चिङ्गाड गाउँपालिका–५ निवासी ७३ वर्षीया ती महिलाको प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

सास फेर्नमा कठिनाइ र शरीर सुन्निएको अवस्थामा उनलाई पुस ६ गते प्रदेश अस्पतालको इमर्जेन्सी विभागमा भर्ना गरिएको थियो । सोही दिन पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि आइसियुमा भर्ना गरी उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । 

मृतकको शव जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको उनको भनाइ छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १४:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया