logo-img

सम्बन्धविच्छेद गर्दै किम कार्दासिया

टेलिभिजन स्टार किम कार्दासियाले पति र्यापर कान्ये वेस्टसँग सम्बन्धविच्छेदको माग गर्दै अदालतमा निवेदन पेस गरेकी छिन् ।

लामो समयदेखि सम्बन्धमा दरार पैदा भएको भन्दै उनले निवेदन दिएकी हुन् । उनीहरुको विवाह भएको सात वर्ष भएको छ । 

सम्बन्धविच्छेदको निवेदनमा उनले आफ्ना चार छोराछोरीको संयुक्त हेरचाहको पनि माग गरेकी छिन् । 

अमेरिकी फुटबलर क्रिस हमफ्रिइजकी पूर्वपत्नी किमले सन् २०१३ मा क्रिससँग सम्बन्धविच्छेद गरेकी थिइन् ।

त्यसपछि सन् २०१४ मा उनले र्यापर कान्ये वेस्टसँग धुमधामका साथ विवाह गरेकी थिइन् ।  यो जोडीको विवाह इटलीमा भएको थियो । 

र्यापर कान्येले किम बाइपोलर डिसअर्डरको समस्याबाट पीडित भएको र आफूलाई पीडित बनाएको आरोप लगाएका थिए ।





  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार २१:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया