म्यानचेस्टर युनाइटेडमा आर्थिक संकट : ६० मिलियन ऋण

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा कोरोना भाइरसका कारण आर्थिक संकट देखिएको छ । युनाइटेडले संकट समाधानमा लागि ऋण लिएको छ ।

क्लबले बिहीबार दोस्रो चरणको रिपोर्ट सार्वजनिक गर्दै आर्थिक व्यवस्थापनका लागि ६० मिलियन ऋण लिएको जानकारी दिएको हो ।

रिपोर्ट अनुसार खेलका बेला क्लबले गर्ने आम्दानी ९४.२ प्रतिशतले घटेको छ आम्दानी जम्मा १६ दशमलब ४ प्रतिशतले बढ्दा खर्चमा पनि कटौती भएको क्लबले जनाएको छ ।

क्लबले पछिल्ला १२ महिनामा १ सय मिलियन पाउन्ड गुमाएको छ । कोरोनाका कारण टिकट तथा प्रशारण अधिकार बिक्रीबाट हुने आम्दानीमा पनि भारी मात्रामा गिरावट हुँदा आर्थिक व्यवस्थापनमा निकै गाह्रो भएकाले ऋण लिनुपरेको क्लबले बताएको छ ।





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १२:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया