logo-img

ओलीले कम्युनिस्ट सक्दैछन्, तर हामी असफल बनाउँछौँ : घनश्याम भुसाल
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको पदीय जिम्मेवारीको हेरफेरलाई युवा नेता घनश्याम भुसालले कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाउने षडयन्त्रका रुपमा चित्रण गरेका छन् । 

नेता भुसालले आफूले केही वर्षअघिदेखि भन्दै आएको कुरा सत्य सावित गरेकोमा आलीलाई धन्यवाद पनि दिएका छन् । उनले भनेका छन्, ‘ओलीजीको एकमात्र उद्देश्य भनेको नै कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो ।’

सामाजिक सञ्जालमा भुसालले कम्युनिस्ट आन्दोलनलाई विघटन गर्ने ओलीको कदमलाई असफल पारिने समेत बताएका छन् ।

घनश्याम भुसालकै शब्द :

‘केही वर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ । आजको घटनाबाट उहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ- कम्युनिस्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’






  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १९:३४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया