logo-img

केपी ओलीसँग मिल्ने सबै सम्भावना सकिए : वामदेव गौतम

नेकपा एमालेका एकजना उपाध्यक्ष वामदेव गौतमले अब प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न सक्ने सबै सम्भावना सकिएको बताएका छन्। 

पुस ५ को प्रतिनिधिसभा विघटनपछि तटस्थ रहेर विभाजित नेकपा एकता अभियान थालेका गौतमले असार २३ मा साविककै पार्टी सर्वोच्चले ब्यूँताइदिएपछि एमालेमा सम्मानजनक स्थान खोजेका थिए। 

नेकपा फुट्दा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै समूहमा नगइ तटस्थ बसेका उनको उपाध्यक्ष पदसमेत शुक्रबारको बैठकमा खारेजीमा परेको छ। 
अध्यक्ष र महासचिव मात्रै पद राखेर अरु सबै पद खारेज गरिएको निर्णय सार्वजनिक भएपछि गौतमले अब ओलीसँग मिल्न नसकिने बताएका हुन्। 

उनका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार ओलीको शुक्रबारको एक पक्षीय कदमले अब सहकार्यका सबै सम्भावना सकिएका हुन्। 

'केपी ओलीसँग मिल्ने सम्भावना अब सकिएका छन्', गौतमको भनाइ उद्धृत गर्दै सुवेदीले भनेका छन्, 'उहाँसँगै जाने सबै सम्भावना समाप्त भइसकेको छ।'



सर्वोच्चले एमाले ब्यूँताइदिएपछि गौतमले फागुन २४ मा नेता गौतम पूर्ववत् नेकपा एमालेमा फर्कने निर्णयमा पुगेका थिए। नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेको गौतम समूहले 'सम्मानजनक रुपमा' नेकपा एमालेमा फर्किने निर्णय गरेको थियो।




  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार २०:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया