टेलरले पहिलो एक दिवसीय गुमाउने : च्यापम्यानलाई मौका

न्युजिल्यान्डका ब्याट्सम्यान रोस टेलरले बंगलादेश विरुद्धको पहिलो एकदिवसीय खेल गुमाउने भएका छन् । 

मांसपेशीमा समस्या देखिएकाले टेलर पहिलो एक दिवसीयमा उपलब्ध नहुने क्रिकेट न्युजिल्यान्डले बताएको छ ।

टेलर उपलब्ध नहुने भएपछि न्युजिल्यान्डको टोलीमा मार्क च्यापम्यानलाई बोलाइएको छ । २६ वर्षीय च्यापम्यानले न्युजिल्यान्डका लागि ६ एकदिवसीय खेलेका छन् ।

न्युजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टिडले अन्तिम दुई खेलका लागि उनी  टिममा उपलब्ध हुने विश्वास लिएको बताए । 

न्युजिल्यान्डमा हुने ३ खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेल आगामी शनिबार युनिभरसिटी ओभरमा हुनेछ ।





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १५:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया