दैनिक २० किलो सुन आयात गर्न सकिने गरी कार्यविधि संशोधन
फरकधार / १९ चैत, २०७७

नेपाल राष्ट्र बैंकले अब दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न सकिने गरी कार्यविधि संशोधन गरेको छ । 



यसअघि दैनिक १५ किलोग्रामसम्म सुन आयात गर्न सकिने कानुनी व्यवस्था थियो। 

राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै सुन आयात तथा बिक्रीसम्बन्धी कार्यविधि ०६८ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई २० किलोग्राम कायम गरेको जनाएको छ । 



व्यवसायीले दैनिक माग बढिरहेको र मागअनुसार आपूर्ति हुन नसकेको भन्दै आयातको कोटा बढाउन माग गर्दै आएका थिए।



 

  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १९:५:३२,   अन्तिम अपडेट : चैत १९, २०७७ बिहीबार १९:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया