अक्सिजन बोकेर अस्पताल पुगे धुर्मुस
फरकधार / ४ जेठ, २०७८

पछिल्लो समय अस्पतालमा अक्सिजनको अभाव निकै देखिएको छ । कयौं कोरोना संक्रमितले अक्सिजन नपाएर मृत्यु वरण गरेका खबरहरु सार्वजनिक भइरहेका छन् । यिनै समाचारबाट आत्तिएका आम मानिस अक्सिजनको जोहोमा लागेका छन् ।



यसै क्रममा हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) अक्सिजनका सिलिन्डर बोकेर अस्पताल पुगेका छन् । उनले अस्पतालबाटै भनेका छन्, ‘मलाई कलाकारका रुपमा विश्वमा चिनाउने दर्शकको जीवन रक्षाका लागि म पनि हातेमालो गर्न तयार भएको छु ।’

उनले धुर्मुस सुन्तली फाउन्डेसनमार्फत बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित कोभिड केन्द्रका लागि ५० वटा सिलिन्डरमा अक्सिजन भरेर हस्तान्तरण गरेका हुन् । कोरोना पीडितका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरी सेवामा लागेको धुर्मुसले बताएका छन् ।



यो बेला मानवताभन्दा ठूलो अरु केही नभएको भन्दै उनले प्रश्न गरेका छन्, ‘हाम्रो सानो प्रयासले कसैको ज्यान बच्छ भने हामी किन सहयोगी नबन्ने ?’ उनले महोत्तरीको बर्दिबासमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना रहेको समेत सुनाएका छन् ।



  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १२:४६:५९,   अन्तिम अपडेट : जेठ ४, २०७८ मंगलबार १२:५४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया