आफ्नो प्रशिक्षणमा रियलले राम्रो गर्ने एन्सेलोट्टीको विश्वास

स्पेनिस क्लब रियल मड्रिडले मंगलबार कार्लो एन्सेलोट्टीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । उनी जिनेदिन जिदानको स्थानमा दोस्रो कार्यकालका लागि मड्रिड फर्किएका हुन् ।

एन्सेलोट्टीले आफू धेरै अनुभव बटुलेर रियल फर्केको र क्लबमा केही राम्रो गर्ने योजनामा रहेको बताएका छन् ।

‘म धेरै अनुभवसहित रियल फर्किएको छु । मलाई थाहा छ, रियल उत्कृष्ट टिम हो’, उनले मड्रिड टिभीसँग भने, ‘मैले विगतमा टिमका खेलाडीलाई भेटेको छु र हामी केही राम्रो गर्ने योजनामा छौँ ।’

‘म रियलको बसाइ यादगार बनाउन चाहन्छु’, एन्सेलोट्टीले थपे, ‘प्रशिक्षक एक्लैले केही गर्न सक्दैन । प्रशिक्षक, खेलाडी र क्लबको योगदानले मात्र सफलता प्राप्त हुन्छ ।’

रियलले तीन वर्षको सम्झौतामा इङ्ग्लिस क्लब एभर्टनबाट एन्सेलोट्टीलाई मड्रिड फर्काएको हो । उनी सन् २०२४ सम्म रियल मै रहने छन् ।

सन् २०१३ देखि २०१५ सम्म रियलमा बिताउँदा एन्सेलोट्टीले च्याम्पियन्स लिग, कोपा डेल रे, क्लब विश्वकप र स्पेनिस सुपर कपको उपाधि हात पारेका थिए ।



एन्सेलोट्टी ३ च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक हुन् । उनले रियल मड्रिड र एसी मिलानका लागि यो सफलता हात पारेका थिए ।

एन्सेलोट्टीले बायर्न म्युनिख, चेल्सी, पिएसजी, युभेन्टस् जस्ता युरोपका ठूला क्लबको प्रशिक्षण सम्हाली सकेका छन् । 



  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १०:५८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया