logo-img

मुटुमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ गंगालाल भर्ना

अचानक मुटुमा समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । उनी शुक्रबार राति गंगागाल अस्पताल भर्ना भएका हुन् । 

शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरी दुईवटा स्टयाण्ड राखिएको छ । एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

आइतबार उनलाई आइसियूबाट डिलक्स रुममा सारिएको छ । मदनकृष्णको डेढ वर्षअघि मुटुको एन्जियोप्लास्टी गरी एउटा स्ट्यान्ड राखिएको थियो ।

मदनकृष्ण कोरोना संक्रमण भएपछि दुईपटक अस्पताल भर्ना भएर गत साता मात्रै डिस्चार्ज भएका थिए । अहिले उनको स्वास्थ्य अवस्था ठिक रहेको र मंगलबार डिस्चार्ज हुुने सम्भावना रहेको पारिवारिक स्रोतले जनाकारी दिएको छ । 





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार २०:६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया