काठमाडौं महानगरले भोलि र पर्सि खोप कार्यक्रम पुनः सञ्चालन गर्दै

काठमाडौं महानगरपालिकाले रोकिएको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । भोलि र पर्सि महानगरभित्रका खोप कार्यक्रम पुन: सञ्चालन गर्न लागेको हो ।

यसभन्दा अगाडि ६२, ६३ र ६४ वर्ष उमेरकालाई खोप लगाइएपछि खोप अभियान स्थगित भएको थियो । अब ६० र ६१ वर्ष उमेरका व्यक्तिलाई पहिलो डोज खाेप दिइने महानगरका सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए । 

वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाइनेछ । यसअघि खोपको अभावमा महानगरले कार्यक्रम रोकेको थियो । स्वास्थ्य कार्यालय काठमाडौंको पत्रपछि भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेकालाई दिइन लागेको महानगरले बताएकाे छ ।


 





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १५:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया