महामारीमा  स्याउको पनि तस्करी : भारतमा ६ ट्रक स्याउ नियन्त्रण

कोरोना महामारीका बेला नेपाल भारत सीमा बन्द गरिएको भए पनि सुरक्ष कर्मीसँगको मिलेमतोमा अवैध सामान नेपाल भारत वारपार भइरहेको तथ्य खुलेको छ ।

चाइनाबाट ल्याएको ६ ट्रक स्याउ सुनसरी हुँदै भारतीय बजार वीरपुर पुगेपछि भारतीय सुरक्षाकर्मीले पक्राउ गरेपछि चोरी निकासीको हुने गरेको खुलेको हो ।

नेपाली सीमा नजिकै रहेको भारतीय बजारमा स्याउ लोड भएको नेपाली नम्बर प्लेटका तीनवटा ट्रकसहित ८ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय प्रहरीको वीरपुर थानाका इनिस्पेक्टर दिनानाथ मण्डलका अनुसार  प्रदेश १-०२-००१-ख ८०४१ , ना ६ ख १५१२ र ना ४ ख १८९५ नम्बरका ट्रक भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।

ट्रकमा ४५१ कार्टुनका दरले १३ सय कार्टुन स्याउ रहको छ ।

भारतीय प्रहरीले नेपाली नम्बर प्लेटका ट्रकसहित भारतीय नम्बर प्लेटका स्याउ लोड गरिएका अरु  तीनवटा ट्रकसमेत नियन्त्रणमा लिएको जनाएको छ ।



सीमाक्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट, नेपाल प्रहरीको प्रहरी चौकी रहेका छन् ।

कोरोना महामारीमा दुई देशबीचको आवत-जावत नहोस् भनेर थप सुरक्षाकर्मी  परिचालन गरिएको छ ।



सुरक्षा स्रोतका अनुसार कोशी गाउँपालिकाको श्रीपुरजब्दी हुँदै लाही नाकाबाट भारतको वीरपुर क्षेत्रमा नेपाली नम्बर प्लेटका ट्रकहरु चाइनिज स्याउ लिएर गएका हुन् ।

घटनाका सशस्त्र प्रहरी प्रदेश १ प्रमुख बंशीराज दाहालले पुष्टि गरे । उनले भने, ‘हामीले यस विषयमा थप जानकारी लिइरहेका छौं । उनले घटनाका विषयमा गम्भीरता पूर्वक अनुसन्धान हुने बताए  ।

सिल भएको नाकाबाट ट्रक नै लग्नु  गम्भीर विषय भएको बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सुरक्षा कमजोरी भएको भन्दै  मातहतका सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी उपर छानबिन र कारबाहीको निर्देशन दिएको बताए ।

उनले घटनाको विषयमा अनुसन्धान सुरु भएको बताए ।

जिल्ला तानिए प्रहरी

श्रीपुर, हरिपुर र भाण्टाबारी नाकामा कार्यरत रहेका सुरक्षाकर्मीलाई इनरुवा झिकाएर सोधपुछ र अनुसन्धान गर्न थालिएको  छ ।

श्रीपुर र हरिपुरमा रहेको प्रहरी सहायक निरीक्षक नेतृत्वको ७-७ जना गरी १४ जनलाई छानबिन तथा अनुसन्धानका लागि जिल्ला बोलाइएको छ

त्यसैगरी थापाले सईको कमान्डमा रहेको सीमा प्रहरी चौकी भाण्टाबारीको २० जनाको टोलीलाई समेत अनुसन्धानका लागि तानिएको स्रोतले जानकारी दिएको छ ।

यसैगरी सशस्त्र प्रहरीको कोशीलाई, श्रीपुर र भाण्टाबारी विओपीमा कार्यरत १५ जनालाई फिर्ता बोलाइएको छ ।

  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १९:१९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया