क्रिकेट टोलीको नयाँ जर्सीका लागि ५०० भन्दा बढी डिजाइन प्राप्त

नेपाल क्रिकेट संघ (क्यान) र नेपाली क्रिकेट टोलीको मुख्य प्रयोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइनका लागि आह्वान गरेको खुल्ला प्रतिस्पर्धाबाट ५०० भन्दा बढी डिजाइन प्राप्त भएको छ ।

क्यानले एक साताअघि खुल्ला गरेको प्रतिस्पर्धामा ५०० भन्दा बढीले सहभागिता जनाएका छन् । क्यानले ५०० भन्दा बढी जर्सी डिजाइनहरु प्राप्त भएको जनाकारी दिएको हो ।

क्यान र एमएसटीले यसअघि राष्ट्रिय टिमले प्रयोग गरेको जर्सीमा निकै आलोचना खेप्नु परेपछि नयाँ जर्सी डिजाइनका लागि खुल्ला सहभागिता आह्वान गरेका थिए । 

राष्ट्रिय टिमका लागि आइसिसी र एसिसीको नियम भित्र रहेर जर्सीको डिजाइन गर्नुपर्ने बताइएको थियो । क्यानले डिजाइन पठाउने अन्तिम मिति असार ४ गतेलाई तोकेको थियो । 

क्यानले प्राप्त डिजाइनबाट सर्ट लिस्ट तयार पार्न ४ सदस्यीय छनोट समिति बनाएको छ । समितिमा क्यानका क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल, केन्द्रीय सदस्य छुम्बी लामा र मुख्य प्रायोजकका एक प्रतिनिधि रहेका छन् ।

छनोट समितीले प्राप्त डिजाइनबाट सर्ट लिस्ट तयार पार्दै क्यानलाई बुझाउने छ । त्यसपछि क्यान बोर्ड बैठकले एक उत्कृष्ट डिजाइनलाई छनोट गर्नेछ । उत्कृष्ट डिजाइन बनाउनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।



उत्कृष्ट हुने जर्सी नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी महिनामा हुने आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिवियाको त्रिकोणात्मक सिरिजमा प्रयोग गर्नेछ ।



  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १२:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया