logo-img

थप एक साता थपिनेछ काठमाडौंको निषेधाज्ञा, आइतबार हुँदैछ निर्णय

कोरोनाभाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ ।

यसका लागि आज (आइतबार) तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गर्ने तयारी छ । 

यसअघि केही खुकुलो बनाएर थपिएको निषेधाज्ञा सोमबार मध्यरातिसम्म कायम राखिएको छ । थप एक साता निषेधाज्ञा थपे पनि यसअघि बन्द गरिएका केही क्षेत्रहरुलाई फेरि खुकुलो बनाउनेबारे पनि निर्णय आउन सक्नेछ ।

अब काठमाडौंबाट बाहिर जाने वा बाहिरबाट काठमाडौं आउने सवारी साधन पनि खोल्न सक्ने अनुमान गरिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयसँग सुझाव मानिएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञामा केही सहज बनाएपछि कोभिड १९ का संक्रमितको संख्या बढ्दो छ ।





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार ०:४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया