अमेरिकाले नेपाललाई १५ लाख डोज खोप दिने

अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप शुक्रबारसम्म नेपाल पठाउन लागेको हो ।

बेलायती समाचार संस्था रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै आज (शुक्रबार) अमेरिकाले नेपाललाई १५ लाख डोज खोप उपलब्ध गराउन लागेको समाचार प्रकाशन गरेको छ । अमेरिकाले भुटानलाई मोडेर्ना कम्पनीको ५ लाख डोज खोप पठाउन लागेको समाचारमा उल्लेख गरिएको छ । 

अमेरिकाले यसअघि कोभ्याक्स सुविधामार्फत नेपालसहितका विभिन्न देशलाई खोप उपलब्ध गराउने घोषणा गरेको थियो । तर, कहिले र कति डोज पठाउने भन्ने यकिन भइसकेको थिएन । अमेरिकाले यसअघि बंगलादेश र पाकिस्तानलाई २५२५ लाख डोज खोप उपलब्ध गराएको थियो ।





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १८:४१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया