logo-img

काठमाडौंमा साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाइने (खोप केन्द्रसहित)

आजदेखि देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । चीनबाट खरिद गरेर ल्याएको ८ लाख डोज खोप देशभरका खोप केन्द्रमार्फत लगाइँदैछ।चीनबाट ल्याइएको भेरोसेल खोप आजदेखि देशभर साउन २ गतेसम्म पहिलो डोज दिइनेछ । 

कोभ्याक्स सुविधामार्फत् अमेरिकाले दिएको १५ लाखभन्दा बढी डोज जोन्सन एण्ड जोन्सन खोप भने काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउने तयारी भएको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा आज बसेको समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो । 

उपत्यका बाहिरका जिल्लामा पनि आजदेखि नै जोन्सन एण्ड जोन्सन खोप अभियान सुरु गर्ने भनिएको थियो । तर, सम्बन्धित जिल्लामा खोप नपुगेकाले केही दिन पछि धकेलिएको छ । 

उपत्यकाबाहिर खोप पठाउने काम बाँकी रहेकाले अबको केही दिनमा खोप केन्द्रबारे जानकारी दिइनेछ । एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइनेछ ।  

यस्तै, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई उक्त खोप दिइनेछ । 



 जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जारी गरेकाे सूचना :



  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १३:१९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया