सिस्टम ह्याकबारे के भन्छ राष्ट्र बैंक ?

नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिस्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ ।

बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । उनका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको थियो ।

‘मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो (नेपाल राष्ट्र बैंकको) र बैंकहरूको सिस्टम चेक गर्यौँ, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘यो कार्य कानुनी रूपमा दण्डनीय हो, त्यसमाथि कारबाही हुन्छ ।’

उनका अनुसार इमेल र कल गर्ने व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको छ, तर कसले त्यस्तो म्यासेज पठाएको भन्ने विषयमा हालसम्म केही खुलेको छैन । 

कसैले धम्क्याउने प्रयोजनका लागि पनि उक्त इमेल र फोन गरेको हुनसक्ने आशंका गरिएको बैंकका अधिकारीहरु बताउँछन् । ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआइसी एशिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरी ती बैंकको सिस्टम ह्याक गरेर रकम निकालिने बताइएको छ । 

साथै सो म्यासेजमा आफूले पठाएको सन्देशलाई हलुका रूपमा नलिन ह्याकरले चेतावनी पनि दिएको छ ।





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १६:४७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया