गोरखामा थप निषेधाज्ञा जारी

गोरखामा थप निषेधाज्ञा जारी गरिएको छ । 

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा यही साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले यसभन्दा अगिल्लो पटक जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाइ निषेधाज्ञा थप गरिएको जानकारी दिए । 

निजी तथा सार्वजनिक सवारीसाधनले स्वीकृत सिट क्षमताभन्दा धेरै यात्रु राख्न पाइने छैन । चालक तथा सहचालकले अनिवार्य रूपमा मास्क, पन्जाको प्रयोग गर्नुपर्नेछ ।

निषेधाज्ञाको समयमा सभा, सम्मेलन, गोष्ठी, तालिम गर्न पाइने छैन । विवाह, ब्रतबन्ध लगायतका संस्कारजन्य काम होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । आफ्नै घरमा २५ जनाभन्दा कम मानिस राखेर मात्र गर्न पाइनेछ ।

भौतिक दूरी कायम गरी बैकिङ तथा वित्तीय सेवा प्रदान गर्नुपर्नेछ ।





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार ७:४८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया