क्यानले त्रिकोणात्मक सिरिजका लागि १९ जनालाई बन्द प्रशिक्षणमा बोलायो

नेपाल क्रिकेट एसोसियसन(क्यान)ले ओमान र अमेरिका बीचकाे त्रिकोणात्मक सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । 

बन्द प्रशिक्षणका लागि ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ सेख, गुल्सन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अभिनाश बोहोरा, शाहब आलम, सुसान भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल परेका छन् । 

तीव्र गतिका युवा फास्ट बलर गुलसन झा पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका छन् । 

युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले टोलीमा पुनरागमन गरेका छन् । अन्तिम-२० टोलीमा पूर्व कप्तान पारस खड्काको नाम पनि समावेश थियो । पारसले संगलबार मात्रै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए पछि भने उनी बन्द प्रशिक्षणमा समावेश नहुने भएका हुन् । 

विश्वकप लिग-२ अन्तर्गतको यो खेल तालिका यस वर्षको मार्च १९ देखि २८ सम्म हुने खेल तालिका रहेको थियो । कोभिड १९ का कारण यो वर्ष फ्रेब्रुअरीमा सिरिज स्थगित भएकाे थियो । 

नेपालले विश्वकप लिग अन्तर्गत एकमात्र सिरिज  गत वर्षकाे फ्रेब्रुअरीमा ओमान र अमेरिकासँग घरेलु मैदानमा खेलेको थियो । उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गर्दा ओमानसँग भने दुई खेलमा पराजित भएको थियो । 



विश्वकप लिग-२ काे अंक तालिकामा नेपाल ४ खेलमा २ जित र २ हारसँगै छैटौँ स्थानमा रहेको छ । 

विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेल खेल्न बाँकी रहेका छन्  । विश्वकप लिग-२ अंक तालिकाको शीर्ष ३ स्थानमा  रहेकाे खण्डमा नेपालले सन् २०२३ मा भारतमा आयोजना हुने एक दिवसीय विश्वकपको लागि छनोट प्रतियोगिता खेल्न पाउने छ । 



क्यानले जारी गरेकाे प्रेस विज्ञप्ति :

 

  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १३:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया