बिदाइमा मेस्सीको भावुक मन्तव्य : म बार्सिलोना छाड्न चाहन्नथेँ, तर...

स्पेनिस क्लब बार्सिलोनाले आफ्ना कप्तान लियोनल मेस्सीलाई बिदाइ गरेको छ । क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै अर्जेन्टिनी फरवार्डलाई बिदाइ गरेको हो । 

पत्रकार सम्मेलनमा आफ्ना इच्छा क्लब छाड्ने नरहेको बताउँदै मेस्सीले आँसु झारेका थिए । 

‘म बार्सिलोना छाड्न चाहन्नथेँ । किनकि, म यो क्लबलाई निकै माया गर्छु । मैले यस्तो अवस्था आउला भन्ने सोचेको थिइन,’ मेस्सीले भने, ‘गत वर्ष म क्लब छाड्न चाहन्थेँ, त्यो सम्भव भएन । तर, यो वर्ष क्लबमै रहने इच्छा पूरा हुन सकेन । त्यसैले म दुखी छु ।’

मेस्सीले आफूबिना पनि बार्सिलोना अगाडि बढ्ने विश्वास लिएको बताए ।

‘अध्यक्षले भने जस्तै खेलाडीभन्दा क्लब ठूलो हो । कुनै खेलाडी आउन जाने सामान्य प्रक्रिया हो,’ मेस्सीले भने, ‘अहिले पनि क्लबमा राम्रो खेलाडी छन् र भविष्यमा पनि आउने छन् ।’

ला लिगाको आर्थिक संरचनाका कारण मेस्सी र बार्सिलोनाबीच सम्झौता नवीकरण हुन नसकेको हो ।



बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सीले सन् २००४ देखि सिनियर टोलीबाट खेल्न थालेका हुन् ।

बार्सिलोनामा १९ वर्ष बिताउँदा उनले क्लबका लागि १० ला लिगा, ४ च्याम्पियन्स लिग लगायत थुप्रै उपाधि हात पारे । 



बार्सिलोनाका सबैभन्दा सफल खेलाडी मेस्सीले क्लबका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । 
 

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १७:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया