logo-img

तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न कांग्रेसका ५६ जिल्लाका सभापतिको माग

सोमबार र मंगलबार सम्पन्न नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले तोकिएकै मितिमा महाधिवेशन गर्न माग गरेको छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिको भेलाले भदौ १७, १८ र १९ गतेका लागि तोकिएको महाधिवेशन जसरी पनि तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने माग राखेकाे हाे ।

भेलाले विवाद रहेका स्थानमा १३औँ महाधिवेशनकै क्रियाशील सदस्यतालाई आधार मानेर अधिवेशन सम्पन्न गर्न माग गरेको छ । 

भेलामा ५६ जिल्लाका सभापति सहभागी भएका पौडेल पक्षले दाबी गरेको छ ।

भेलालाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, सुजाता कोइराला, शेखर कोइरालालगायतले सम्बोधन गरेका थिए । 





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार २१:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया