लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्राैलाले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई विचारमा टाट, नैतिकमा च्यूत, भिजनमा ठिस भनी व्यङ्ग्य प्रहार गरेका छन् ।
संग्राैलाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्ताे व्यङ्ग्य प्रहार गरेका हुन् । उनले पत्रु पुस्तासमेत भनेका छन् ।
संग्राैलाले लेखेका छन्, ‘इष्टदेव ओलीलाई गद्दीबाट खसाले,"वर्ग" शत्रु देउवालाई गद्दीमा बसाले । र आत्महीन मुद्रामा ओली प्रवृत्तिमै घुलित भए । दाेस्राे पुस्ता हाेइन, यी पत्रु पुस्ता हुन् । विचारमा टाट, नैतिकमा च्यूत, भिजनमा ठिस । अब ओली प्रवृत्तिकाे कमाण्डमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई जमठ बनाउने हाेलान् । हरेराम !’
इष्टदेव ओलीलाई गद्दीबाट खसाले,"वर्ग शत्रु"देउवालाई गद्दीमा बसाले।र आत्महीन मुद्रामा ओली प्रवृत्तिमै घुलित भए।दाेस्राे पुस्ता हाेइन,यी पत्रु पुस्ता हुन्।विचारमा टाट,नैतिकमा च्यूत,भिजनमा ठिस।अब ओली प्रवृत्तिकाे कमाण्डमा गणतन्त्र,संघीयता,धर्मनिरपेक्षतालाई जमठ बनाउने हाेलान्।हरेराम!
— Khagendra Sangroula (@belakoboli) August 23, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।