logo-img

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम विवाद : समानान्तर समिति गठन गर्ने नेताहरू पार्टीबाट निष्कासित

राष्ट्रिय जनमोर्चाले समानान्तर कमिटी गठन गर्ने विभिन्न तहका नेतालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । 

धनगढीमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सुदूरपश्चिममा समानान्तर समिति गठन गर्दै त्यसको नेतृत्व गर्ने केन्द्रीय सदस्य लाल बहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षद लक्षीराम आचार्य, गोविन्द विक, र केशवनाथ योगीलाई सम्पूर्ण पद र जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिए ।

महासचवि भट्टले केन्द्रीय समितिको बिहीवार बसेको बैठकले समानान्तर समिति गठन गर्नेहरूलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै अनिश्चितकालका लागि पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने निर्णय गरिएको बताए ।

भट्टले भारतीय पक्षको उक्साहटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको गणतन्त्र, धर्म निरपेक्षतालाई समाप्त पार्न खोजेको र पटक पटक संसद विघटन गरेकाले जनमोर्चा त्यसका विरुद्ध पाँच दलीय गठबन्धनमा सहभागी भएको जानकारी दिए।

केपी ओलीको नेतृत्वमा संसद विघटन गरी मुलुकलाई अस्थिर बनाउने र राजतन्त्रलाई फर्काउने प्रयत्न भएकोले राष्ट्रिय जनमोर्चा त्यसको विपक्षमा गठन भएको पाँच दलीय गठबन्धनमा सहभागी भएको नेता भट्टको दावी छ ।
 





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १२:५२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया