logo-img

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने

नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच आज (शुक्रबार) दोस्रो एकदिवसीय खेल हुँदैछ । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

‌ओमानकाे अल अमिरात क्रिकेट मैदानमा हुने डे नाइट खेल नेपाली समय अनुसार सवार चार बजे सुरु हुनेछ ।

यो नेपालका लागि पहिलो डे नाइट खेल हो । पिएनजीसँगको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । 

नेपालले आइसिसी विश्वकप लिग-२  अन्तर्गत  ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको तयारी स्वरूप पिएनजीसँग एक दिवसीय सिरिज खेलेको हो । 

नेपालले त्रिकाेणात्मक सिरिजकाे पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्ने छ । असोजमा १ मा अमेरिका र असोज ३ मा ओमानसँग खेल्ने छ ।

नेपालकाे सुरुवाती ११ मा तीन परिवर्तन भएकाे छ । अघिल्लो खेलमा रहेका शरद भेषवाकर, आरिफ शेख र पवन सरार्फले टाेलीमा स्थान बनाउन नसक्दा विनोद भण्डारी, सुसन भारी र करण केसीले टाेलीमा स्थान बनाएका छन् । 



नेपालको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सुसन भारी, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), करण केसी, विक्रम सोब, सन्दीप लामिछाने ।


 



  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १५:५६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया