इन्टरनेट सेवा प्रदायकहरुले शुल्क वृद्धिको अनुमतिका लागि दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेका छन् । उनीहरुले इन्टरनेटको प्याकेजमा १५० देखि तीन सयसम्म वृद्धि गर्ने निर्णय गर्दै सो प्रस्ताव दूरसञ्चार प्राधिकरणमा पठाएका हुन् ।
नेपाल विद्युत प्राधिकरणले पोल तथा ओपिजिडब्लू भाडादर सात गुणासम्म बढाएको भन्दै सेवाप्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन (इस्पान)ले
इन्टरनेटको शुल्क बढाउने निर्णय गरेको हो ।
बुधबार प्राधिकरणलाई पठाइएको पत्रमा सहरी क्षेत्रका प्रत्येक इन्टरनेट प्याकेजमा एक सय ५० रुपैयाँ र ग्रामीण क्षेत्रमा तीन सय रुपैयाँका दरले वृद्धि गर्ने उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ, ‘नेपाल विद्युत् प्राधिकरणको सूचनापश्चात् हामी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुलाई मूल्यवृद्धि गर्नेबाहेक अरु कुनै पनि विकल्प बाँकी रहेन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।