logo-img

ला लिगा : एसेन्सियो चम्किँदा रियलको शानदार जित

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले मलोर्कामाथि ६-१ को शानदार जित हात पारेको छ । 

घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियललाई सहज जित दिलाउन मार्काे एसेन्सियोले ह्याट्रिक पूरा गर्दा कप्तान करिम बेन्जिमाले दुई तथा इस्कोले एक गोल थपे ।
 
मलोर्काका काङ इन लिले एक गोल फर्काए । खेलको तेस्रो मिनेटमै  बेन्जिमाको गोलबाट रियलले अग्रता लिएको थियो ।

२४ औं मिनेटमा एसेन्सियोले रियलको अग्रता दोब्बर पारे । २५ औं मिनेटमा काङ इन लिले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । 

२९ औं मिनेटमा एसेन्सियोले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले पहिलो हाफमा ३-१ को आरामदयी अग्रता बनायो ।

रियलले दोस्रो हाफमा पनि ३ गोल थप्यो । ५५ औं मिनेटमा एसेन्सियोले बेन्जिमाको पासलाई सदुपयोग गर्दै ह्याट्रिक पूरा गर्दा रियलले ४-१ को अग्रता लिन सफल भयो ।
 
७८ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । ८४ औं इस्कोले गोल गर्दै टोलीलाई  फराकिलो जित दिलाए । 

जितसँगै अपराजित रहेको रियल ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिँदा मलोर्का समान खेलबाट ८ अंकका साथ १० औं स्थानमा झरेको छ ।



लिग अन्तर्गत बुधबार नै भएका अन्य खेलमा स्पान्योलले एलाभेसाथि १-०, सेभियाले भ्यालेन्सियामाथि ३-१ र भिल्लारियलले इल्चेमाथि ४-१ को जित हात पारे । 



  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार ८:४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया