अफगानिस्तानको कन्धारस्थित शिया मस्जिदमा बिस्फोट, सात जनाको मृत्यु


अफगानिस्तानको दक्षिणी सहर कन्धारस्थित एक शिया मस्जिदमा बिस्फोट भएको छ । 

बिबीसी फारसी सेवाका अनुसार विस्फोटमा परी कयौंको ज्यान गएको छ । सहरको इमाम बारगाह मस्जिमा बिस्फोट भएको फारसी सेवाले जनाएको छ ।
मृत्यु हुनेहरुको संख्या कति छ भन्ने आधिकारिक जानकारी प्राप्त भइसकेको छैन । 

कन्धारको एक अस्पतालका डाक्टरले समाचार एजेन्सी एएफपीलाई सात जनाको मृत्यु भएको र १३ जना घाइते भएको बताएका छन् । बिबीसीले भने मृत्यु हुनेहरुको संख्या स्वतन्त्ररुपमा पुष्टी गर्न सकेको छैन । 

बिस्फोट किन र कस्ले गरायो भन्ने खुलेको छैन । 





  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार १५:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया