logo-img

प्रधानन्यायाधीश जबराले तोकेको कुनै इजलास बसेन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने पक्षमा १४ जना न्यायाधीश उभिएपछि सर्वोच्च अदालतमा तोकिएका सबै इजलास प्रभावित बनेका छन् ।

प्रधानन्यायाधीश जबराले आज सातवटा इजलास तोकेका थिए । जसमध्ये कुनै पनि इजलासमा तोकिएका रिटको सुनुवाइ भएन । 

न्यायाधीशहरू दीपककुमार कार्की, हरिप्रसाद फुयाँल, मीरा खड्का, कुमार रेग्मी, हरिकृष्ण कार्की, डा. मनोजकुमार शर्मा, विश्वम्भरप्रसाद श्रेष्ठ, टंकबहादुर मोक्तान, डा. आनन्दमोहन भट्टराई, प्रकाशकुमार ढुंगाना, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको इजलास विभिन्न मुद्दाको पेसी तोकिएको थियो । 

हुन त यसअघि नै प्रधानन्यायाधीश जबराले तोकेका इजलास बहिस्कार गर्ने उनीहरूको निर्णय थियो । 

जबरा स्वयंले पनि तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले विवादित भएपछि इजलास बहिष्कार गरेका थिए । आज उनै जबराले तोकेका इजलास १३ न्यायाधीशले बहिष्कार गरे । 

बहिष्कार गर्नेमध्येका अधिकांश न्यायाधीश बैठकमा छन् । प्रधानन्यायाधीशबारे थप धारणा बनाउन उनीहरू अढाइ घण्टादेखि बैठकमा जुटेका हुन् । 



यस्तै, प्रधानन्यायाधीश जबराले एक बजेका लागि फुलकोर्ट बोलाएका थिए । उक्त बैठक पनि प्रभावित भएको छ ।

न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा र नहकुल सुवेदीले आइतबार बैठक बसेर फुलकोर्ट बैठकमा बस्न नसकिने निर्णय गरेका थिए । 



  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १४:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया