अदालत प्रांगणमा प्रहरी र वकिलबीच घम्साघम्सी, चार जना पक्राउ

सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । घम्साघम्सीमा प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ । 

जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ । आन्दोलित कानुन व्यवसायीलाई सर्वाेच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि धकेलाधकेल भएको हो । 

बार महासचिव लीलामणि पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताए ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार ११:१६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया