कंगनाले महात्मा गान्धीलाई भनिन्– सत्ताका भोकी, चलाख र चाहन्थे भगतको फाँसी

बलिउड अभिनेत्री कंगना रनौट फेरि एकपटक विवादमा तानिएकी छिन् । बारम्बार आफ्नो अभिव्यक्तिका कारण विवादमा आउने कंगनाले यसपटक महात्मा गान्धीबारे दिएको अभिव्यक्तिका कारण उनी विवादमा आएकी हुन् ।

उनले महात्मा गान्धीबारे इन्स्टाग्राममा एउटा लामो सन्देश लेखेकी छिन् । 

पहिलो मेसेजमा उनले महात्मा गान्धीलाई सत्ताका भोकी र चलाख बताएका छन् । अनि यति मात्र होइन, उनले महात्मा गान्धीले भगत सिंहलाई फाँसी होस् भन्ने पनि चाहेको बताएकी छिन् ।

उनले झापड हान्नेलाई अर्को गाला दिँदैमा कसैलाई पनि स्वतन्त्रता नमिल्ने पनि बताएकी छिन् । 

यसअघि उनले भारत स्वतन्त्र भएको विषयमा दिएको अभिव्यक्तिबारे अहिलेसम्म विवाद साम्य भएको छैन, तर उनको यो नयाँ अभिव्यक्तिले थप नयाँ तरंग सिर्जना गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार २३:१०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया