नेता सिंह भन्छन्- संस्थापक नेताहरूकाे सपना पूरा गर्न चाहन्छु
फाइल फाेटाे

नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरूकाे सपना पूरा गर्ने चाहना व्यक्त गरेका छन् ।

उनका अनुसार भ्रष्टाचारमा शून्य सहनशीलता, सुशासन, विकास र बिहान-बेलुका जनजीविका गर्न समस्या नहुने स्थिति निर्माणकाे सपना संस्थापक नेताहरू बिपी काेइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका हुन् । 

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालद्वारा लिखित ‘बानेश्वरको सेरोफेरो’ काे आज लाेकार्पण गर्दै उनले भने, ‘किसुनजी, गणेशमानजी र बिपी काेइरालाकाे सपना थियाे- एउटा सफा, फ्रि करप्सन, गुभर्नेन्स र सबैकाे जीविकापार्जन गर्न बिहान/बेलुका समस्या नहुने समाज निर्माण गर्ने । त्याे सपना तपाईंहरूले सहयाेग गर्नुभयाे भने पूरा गर्न सक्छु भन्ने विश्वास छ ।’

बानेश्वरलाई उनले ऐतिहासिक र राजनीतिक केन्द्रकाे रूपमा चित्रण पनि गरे ।  

कृष्णप्रसाद भट्टराईले बानेश्वरबाट निर्वाचन जित्दा मुलुककाे राजनीतिक काेर्समा परिवर्तन आएकाे र बानेश्वरबाटै आफूले पनि राजनीतिक परिचय देशभर दिन पाएकाे बताए । 

अर्यालद्वारा लिखित बानेश्वरकाे सेरोफेरोमा बानेश्वरकाे ऐतिहासिक तथ्य, पुरातात्त्विक महत्त्वकाे स्थलदेखि अन्य राेचक प्रसङ्गहरू रहेकाे नेता सिंहकाे भनाइ छ। 





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ११:३३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया