logo-img

मूल्यवृद्धिभन्दा पनि आयल निगम रहने कि नरहने प्रमुख विषय हो : सुरेन्द्र पौडेल

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयभन्दा पनि आयल निगम रहने कि नरहने भन्ने पहिलो विषय भएको बताएका छन् ।

बिहीबार राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले गरेको छलफलमा निर्देशक पौडेलले निगमले दैनिक साढे ७ करोड घाटा खाएर काम गरिहेको अवस्थामा मूल्य वृद्धि गरेको विषय उठान गर्नुभन्दा पनि आयल निगम रहने की नरहने भन्ने विषय प्रमुख भएको बताए ।

निर्देशक पौडेलले सरकारले निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु पर्ने अवस्था श्रृजना पनि गर्न नहुने बताए । उनले निगम दैनिक साढे ७ करोड घाटामा काम गरिहेको बताए । यस्तो अवस्था निगमले काम गरिरहँदा पनि निगमलाई नै विवादित बनाउनु राम्रो नभएको उनको भनाइ छ । उनले निगमले सबैभन्दा बढी एलपी ग्यासमा घाटा रहेको बताए । एलपी ग्यास नेपालभर दैनिक एक लाख सिलिन्डर खपत हुने गरेको उनले सुनाए ।

उनले भने, ‘सधैँ घाटामा रहेर काम गर्दा निगम रहने कि न रहने अवस्था आउन सक्छ । निगम घाटामा गएर नै मूल्यवृद्धि गर्नुपरेको हो । दैनिक ७ करोड घाटामा काम गरेको छ । अझ एलपी ग्यासमा सबैभन्दा धेरै रहेको छ । दैनिक एक लाख सिलिन्डर मुलुकभर खपत हुँदा एउटा सिलिन्डरमा निगमले ७५० रुपैयाँ र सरकारको २५० रुपैयाँ घाटा खाइरहेको छ ।'

छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले ग्यास खपत कम गर्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको बताए । उनले ग्यासको खपत कम गर्न विद्युतको प्रयोग कसरी बढाउने भन्ने विषयमा धेरै पटक छलफल भएको बताए । ग्यासको खपत कम गरेर विद्युतको खपत बढाउनको लागि नेपाल विद्युत प्राधिकरणले सबै नयाँ प्राविधिक व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

सचिव पोखरेलले इन्धनमा विश्वका धेरै देशमा कर महँगो नै भएको बताए । उनले मुलुकको इन्धनको आवश्यकता कति हो त्यसको करको रेट कति हुनुपर्छ सबै बसेर छलफल गर्नुपर्ने तर्क गरे ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १९:४८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया