चितवन राजनीतिक कुरूक्षेत्र बन्दै छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चितवन राजनीतिक कुरूक्षेत्रमा परिणत भएको बताएका छन् ।

माओवादी केन्द्र सम्बद्ध पत्रकारहरूको संगठन प्रेस सेन्टरको चौथो राष्ट्रिय सम्मेलनको चितवनमा उद्घाटन गर्दै उनले आफूलाई हेरेर सबैले चितवनतिर नजर लगाएको बताएका हुन् ।

उनले अहिले प्रचण्ड मन पराउने र नपराउने दुवै पक्षलाई चितवनले आकर्षित गरेको बताए । 'चितवन कुरूक्षेत्र बन्दै छ । म भएकाले कसैले माया गरेर, कसैले रिस गरेर चितवनमा नजर लगाएका छन्' उनले भने ।

एमालेको महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिँदै उनले त्यो सम्पूर्ण रूपमा असफल भएको दावी गरे । 'अस्तिको कुम्भ मेला प्रतिगमनलाई बलियो बनाउन भएको थियो तर त्यो असफल भएको छ । त्यो पार्टी मण्डलेहरूको मोर्चामा पतन भएको छ' उनले भने ।

उनले पञ्चर्‍यालीजस्तो पैसाको बलमा धाकधम्की दिएर गरिएको कुम्भ मेलाको कुनै अर्थ नभएको बताए । 'यसैगरि लाखौंलाख मान्छे उतारेको पञ्चायत एक वर्षमै ढलेको हामीले बिर्सन हुँदैन' उनले भने ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १४:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया