दोस्रो चरणको चुनावमा देउवालाई साथ दिने प्रकाशमानको घोषणा
फरकधार / २८ मंसिर, २०७८

नेपाली कांग्रेसको सभापातिमा शेरबहादुर देउवाको सम्भावाना बढेको छ । नेता प्रकाशमान सिंहले समर्थन गगर्ने निर्णय गरेपछि सभापतिमा पुनः देउवाको सम्भावना बढेको हो । 



सिंहका प्रेस सल्लाहकार युपी लामिछानेले फरकधारसँग भने, ‘प्रकाश दाईको समर्थन अब शेरबहादुर दाईलाई रहन्छ ।’

सिंहलाई भेट्न मंगलबार बिहानै देउवाका विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँण चाक्सीबारी पुगेका थिए । 



लगत्तै देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलको चियापान भइरहेको स्थल लैनचौर बैंक्वेट पुगेका थिए । त्यसपछि भने देउवा पनि सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए । 




  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ११:२४:१,   अन्तिम अपडेट : मंसिर २८, २०७८ मंगलबार ११:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया